Logo

२०८३, आश्विन १०गते


images
images

फिफा वरियता

फिफा वरियतामा नेपाल चार स्थान तल झर्यो

फिफा वरियतामा नेपाल चार स्थान तल झर्यो

images
  • फिफा वरियतामा नेपाल चार स्थान तल झर्यो
    images
    images

    काठमाडौँ । नेपाल फिफा वरियतामा चार स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६औं स्थानबाट चार स्थान तल झरेर १८०औं स्थानमा पुगेको हो । 

    images
    images
    images

    पछिल्लो पटक लगातार हार बेहोरेपछि त्यसको असर फिफा वरियतामा परेको हो । गत मार्चमा सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा १-० को जित हासिल गरेपछि खेलेका ६ खेलमा नेपालले ४ खेलमा हार बेहोरेको छ भने २ बराबरी खेलेको छ ।  

    images
    images
    images

    त्यस्तै छिमेकी मुलुक भारत २ स्थान तल झर्दै १३६औं स्थानमा पुगेको छ ।

    images
    images
    images

    त्यस्तै फिफा वरियतामा स्पेन शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै अर्जेन्टिना एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो स्थानमा झरेको छ । त्यसैगरी इङल्याण्ड चौथो र पोर्चुगल पाँचौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डस एक स्थान सुधार गर्दै छैटौं स्थानमा छ भने भने ब्राजिल एक स्थान तल झरेर सातौं स्थानमा पुगेको छ । त्यस्तै बेल्जियम आठौँ स्थानमा छ भने एक स्थान सुधार गर्दै इटाली नवौ र दुई स्थान सुधार गर्दै जर्मनी १०औं स्थानमा उक्लिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा वरियता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।