कृष्ण अन्जान, गुल्मी । बिहानै देखि खर्ज्याङ्ग बजारमा चहल पहल शुरु हुन्छ । बसपार्क क्षेत्रमा टेन्ट टाँगिन्छ, स्पिकरमा एमालेका गितहरु बज्न थाल्छन । विस्तारै मान्छेहरु अाेइरिन थाल्छन । बाह्र बज्दा नबज्दै एमालेका केन्द्रीय देखि जिल्ला स्तरिय नेताहरुकाे जमघट शुरु हुन्छ र मन्चमा पार्टी प्रवेश कार्यक्रमकाे व्यानर टाँसिन्छ ।
साेमबार दिनभरि खर्ज्याँग बजार एमालेमय बन्यो ।
समय बिस्तारै बग्दै जान्छ हुलका हुल मान्छेहरु अाउँछन र तिनै मान्छेहरुका बिच शुरु हुन्छ पार्टी प्रवेश कार्यक्रम ।
छत्रकाेट गाउँ पालिकाकै इतिहास मा याे पार्टी प्रवेशकाे भव्य कार्यक्रम सँभवत पहिलाे भएको स्थानीय बताउँछन् । यहि बिचमा नेकपा माअाेवादी केन्द्रकाे एउटा ठुलाे जमातसँगै छत्रकाेट गाउँपालिकाका माअाेवादि नेता राम प्रसाद पाण्डेसँगै सयौँ कार्यकर्ता एमालेमा प्रवेशकाे कार्यक्रम शुरु हुन्छ ।
नेकपा माअाेवादी केन्द्रका छत्रकाेटका नेता राम प्रसाद पाण्डे एक्लै एमाले प्रवेश गरेनन् समग्र छत्रकाेटका करिब ८० प्रतिशत कार्यकर्ताहरु सहित एमालेमा समाहित भएको एमाले नेताहरू बताउँछन् ।
बिगतमा सन्चारकर्मी समेत रहेका पाण्डे एमाले र माअाेवादी केन्द्रकाे एकता पछि छत्रकाेटमा नेकपाकाे नेतृत्व तहमा थिए । पार्टी बिभाजन पछि नेकपा माअाेवादी केन्द्रकाे छत्रकाेट गाउँपालिका कमिटीकाे उपाध्यक्ष पदमा रहेका पाण्डे त्याे क्षेत्रका राजनैतिक हस्ति मानिन्छन् ।
वामपन्थीहरुकाे एकताकाे पक्षमा थिएँ तर निहित स्वार्थका लागि पार्टी विभाजन गर्दै कम्युनिस्ट शक्तिलाई कमजोर वनाउँदै बर्ग दुश्मनहरुसँग गरिएकाे साँठगाँठ मन परेन र नेपाली कम्युनिस्ट अान्दाेलनकाे मुल प्रवाह नेकपा एमालेमा समाहित हुने निर्णय गरेको पाण्डेकाे तर्क छ ।
राजनिती नीति विधि र पद्धति मा हिँड्नु पर्छ तर माअाेवादी अान्दाेलनले स्थापित गरेकाे मूल्य मान्यतामा अाघात पुर्याउँदै पार्टी व्यक्तिवादी साेँचमा अगाडि बढेपछि अाफुलाई माअाेवादी बनिरहन मनले मानेन उनले भने ।
पाण्डे उनकै कमिटीका सचिब सराेज पाण्डे, काेषाध्यक्ष ईन्दिरा पाण्डेसँगै कमिटी अधिकाँश सदस्य र वाईसीएल लगाएत अन्य जनवर्गीय सँगठनबाट ठुलै लर्काे एमालेमा प्रवेश गरेकाे छ ।
नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली लुम्बिनी प्रदेश सभा साँसद कमल राज श्रेष्ठ पार्टीका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त लगाएत पार्टीको जिल्ला तथा गाउँ स्तरिय ठुलै पँक्तिका अगाडि पार्टी प्रवेश कार्यक्रम भएकाे छ ।
करिब चार घण्टा चलेकाे कार्यक्रममा १ घण्टा पार्टी प्रवेशमै बितेकाे थियाे । नेकपा माअाेवादी केन्द्र बाट मात्र हाेईन नेपाली काँग्रेस परित्याग गरि एमाले राेज्नेहरुकाे सँख्या पनि ठुलै देखिएकाे थियो ।
याे प्रवेशसँगै छत्रकाेट गाउँपालिका भित्र एमालेकाे शक्ति बढेकाे त छ नै सँभवत याे प्रवेशले अागामी तिनै तहका निर्वाचनमा प्रभाव पार्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology