Logo

२०८३, कार्तिक २९गते


images
images

जेनजी आन्दोलन

मित्र र दुश्मन छुट्याउन जेन्जी युवालाई संयोजक प्रचण्डको आग्रह

मित्र र दुश्मन छुट्याउन जेन्जी युवालाई संयोजक प्रचण्डको आग्रह

images
  • मित्र र दुश्मन छुट्याउन जेन्जी युवालाई संयोजक प्रचण्डको आग्रह
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिमा सफलता पाउनका लागि मित्र र दुश्मन छुट्याउन सक्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पेरिसडाँडामा आयोजित दीपावली, नेपाल संवत् र छठ पर्वको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले क्रान्तिमा सबैभन्दा महत्वपूर्ण कुरा मित्र र शत्रु छुट्याउनु भएको बताए ।  दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुने उनको भनाइ छ ।

    images
    images
    images

    उनले जनताको अधिकारका लागि लड्नेहरुलाई ‘आतंककारी’ भन्ने प्रवृत्तिबाट सावधान रहन जेनेरेसन जेडलाई आग्रह गरे । “हामीलाई पनि एक समय आतंककारी भनिएको थियो, आज फेरि तपाईँहरूलाई त्यस्तै भनिन्छ,” उनले भने ।

    images
    images

    संयोजक प्रचण्डले देश अहिले जटिल परिस्थितिमा रहेको बताउँदै संविधान र लोकतन्त्र जोगाउन आगामी माघ २१ गतेको निर्वाचन सफल पार्न सबै शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । उनले निर्वाचन संविधानसम्मत प्रक्रिया भएको र त्यसलाई असफल बनाउन खोज्नु अराजकता निम्त्याउने चेतावनी दिए ।

    संयोजक प्रचण्डले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्दै साथै समाजवादी मोर्चामा आबद्ध वाम शक्तिबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिए ।

    जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा सम्बोधन गर्दै उनले आधुनिक प्रविधि र युवाको क्षमतालाई सहि दिशामा परिचालन गर्न आग्रह गरे ।

     देश र जनताको भविष्य सुनिश्चित गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू मिलेर अघि बढ्नुको पर्नेमा उनले जोड दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।