Logo

२०८३, आश्विन ११गते


images
images

बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भिषण आगलागी

बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भिषण आगलागी

images
  • बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भिषण आगलागी
    images
    images

    काठमाडौँ । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो ठूलो आगलागी भएको छ ।

    images
    images
    images

    विमानस्थलको कार्गो टर्मिनलमा दिउँसो आगलागी भएपछि उडान प्रभावित भएका छन् । आगो यति तीव्र थियो कि कालो धुवाँले सम्पूर्ण क्षेत्रलाई ढाकेको थियो, जसले गर्दा सबै उडानहरू तुरुन्तै स्थगित गरियो । 

    images
    images
    images

    बंगलादेश नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले दिउँसो लागेको आगो हाल करिब नियन्त्रणमा आएको बताएका छन् । आगलागी नियन्त्रणमा फायर फाइटरका ३५ युनिटले काम गरेको बंगलादेशको मिडिया डेली स्टारले उल्लेख गरेको छ । 

    images
    images
    images

    प्राधिकरणले सबै विमानहरू सुरक्षित रहेको र स्थिति नियन्त्रणमा नआएसम्म सबै अवतरण र उडानहरू निलम्बित गरिएको बताएको छ ।

    हालैका दिनहरूमा बंगलादेशमा यो तेस्रो ठूलो आगलागी हो । मंगलबार, ढाकामा चार तले कपडा कारखाना र रासायनिक गोदाममा आगलागी हुँदा १६ जना कामदारको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।