Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा किचलो

रास्वपाको सचिवालय विस्तारप्रति तोसिमाको असन्तुष्टि

रास्वपाको सचिवालय विस्तारप्रति तोसिमाको असन्तुष्टि

images
  • रास्वपाको सचिवालय विस्तारप्रति तोसिमाको असन्तुष्टि
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सचिवालयमा चार जना सदस्य थपिएको विषयमा असन्तुष्टि जनाएकी छन् ।

    images
    images
    images

    तोसिमा टिप्पणी गर्दै महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी दुई हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरिएको बताउदै हामीले खोजेको रिफर्मेसन यो नभएको बताएकी छन् ।

    images
    images
    images

    रास्वपाको शनिबार बसेको सचिवालय बैठकले गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल सचिवालय सदस्यमा थपेपछि तोसिमाको यस्तो टिप्पणी आएको हो ।

    images
    images
    images

    उनले भनेकी छन् ‘पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो । त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो । महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होईन । कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो । फेरी पनि भन्दैछु हामी थप लोकतान्त्रिक हुन जरुरी छ । कार्यशैली सच्याउन जरुरी छ । पार्टीका गतिविधिहरुमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ । पुन: दोहोर्याउँछु, विस्तारीत बैठकमा पार्टीको सङ्गठनको बृहत सहभागिता र भोटिंग राइट्सको सुनिश्चित गरियोस् भनि माग गर्दछु । भोटिंग राइट्स नदिने भए देश भरीबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।