काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुन तोलाको ३ सयले बढेर तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुन तोलाको २ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार चाँदी तोलाको ३२७५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology