Logo

२०८३, कार्तिक २९गते


images
images

नेपाली युवा बने रुसी सेनाको सेक्सन कमाण्डर

नेपाली युवा बने रुसी सेनाको सेक्सन कमाण्डर

images
  • नेपाली युवा बने रुसी सेनाको सेक्सन कमाण्डर
    images

    काठमाडौं । नेपाली युवा डायमण्ड सी रुसी सेनाको सेक्सन कमाण्डरमा बढुवा भएका छन् । । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । १० बर्षे जनयुद्धमा सहभागी भएका उनले सामाजिक सञ्जालमा ‘‘कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’  लेखेका छन् ।

    images
    images
    images

    आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी फौजमा भर्ती हुने निर्णय गरेको उनले बताएका छन् ।

    images
    images
    images

    शान्ति प्रक्रियापछि वि.सं २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनका क्रममा उनले स्वेच्छिक अवकाश लिएका थिए । जनमुक्ति सेनामा उनी बटालिएन सहकमाण्डर थिए ।

    images
    images

    जनमुक्ति सेनाबाट निस्किएपछि पारिवारिक जिम्मेवारी बढेको उनले बताएका थिए । ०६८ सालताका नै प्रचण्डबाट अलग भएर बनेको मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीमा समेत उनी केही समय सक्रिय भएका थिए ।

    पछि ०७१ सालमा वैद्य समूह छाडेर विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका उनी म्याग्दी जिल्लाको सेक्रेटरीको भूमिकामा थिए । ‘ हिजो १० वर्षे जनयुद्धको एक योद्धा आज लेनीनको देशमा पुटिनको सिपाही बनेर युक्रेनविरुद्ध कठिन लडाइँ लड्दै छु,’ उनले भनेका थिए ।

    उनी अवैधानिक तरिकाले रूस गएर त्यहाँको सेनामा भर्ती भएका हुन् । उनका अनुसार दुई वर्षभन्दा अघि रूसी सेनामा जुनिएर सर्जेन्ट अर्थात् सेक्सन सह-कमाण्डरमा भर्ती भएका उनी पछिल्लो पटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरमा बढुवा भएका छन् ।

    सेक्सन कमाण्डरले प्राइमरी एसल्ट सेक्सनलाई नेतृत्व गर्दै युक्रेनविरुद्धको युद्धमा अग्रमोर्चामा खटिनुपर्छ । उनकी श्रीमती प्रेरणा सिर्पाली समेत माओवादी युद्धमा लडाकु थिइन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेक्सन कमाण्डर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।