Logo

२०८३, कार्तिक २९गते


images
images

टी-२० सिरिज

न्यूजील्याण्डविरुद्ध इङल्याण्डको फराकिलो जित

न्यूजील्याण्डविरुद्ध इङल्याण्डको फराकिलो जित

images
  • न्यूजील्याण्डविरुद्ध इङल्याण्डको फराकिलो जित
    images

    काठमाडौं । इङल्याण्डले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा इङल्याण्डले न्यूजील्याण्डलाई ६५ रनले पराजित गरेको हो ।

    images
    images
    images

    इङल्याण्डले दिएको २३७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १८ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो । न्यूजील्याण्डका लागि टिम सेइफेर्टले सर्बाधिक ३९ रन बनाए भने कप्तान मिचेल सान्टनरले ३६, मार्क चापम्यानले २८ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै इङल्याण्डका बलर आदील रशिदले सर्बाधिक ४ विकेट लिएका थिए भने लुक वूड, ब्रायडोन कार्स र लियाम डावसनले २-२ विकेट लिएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै २३६ रन बनाएको थियो । इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ८५ र कप्तान ह्यारी ब्रूकले ७८ रन बनाएका थिए ।

    images
    images

    त्यस्तै टम बानटनले २९ र ज्याकोब बेथेलले २४ रन बनाएका थिए । त्यस्तै काइल जामिएसनले २ विकेट लिए भनर जाकोब डफी र माइकल ब्रेसवेलले एक एक विकेट लिएका थिए ।यो जितपछि ३ खेलको सिरिजमा इङल्याण्डले १-० को अग्रता लिएको छ । सिरिजको पहिलो खेल बर्षाका कारण रद्ध भएको थियो । सिरिजको तेस्रो खेल विहिबार हुदैछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।