Logo

२०८३, आश्विन ११गते


images
images

ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

images
  • ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री
    images
    images

    काठमाडौँ । साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । केहि साता अघि जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा निर्वाचित भएकी ताकाइचीलाई जापानको तल्लो सदनले प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

    images
    images
    images

    तल्लो सदनमा भएको मदानमा उनले २३७ मत प्राप्त गरेकी थिइन् । ४६५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २३३ मत आवश्यक पर्दछ ।

    images
    images
    images

    मतदान हुनु अघिय मंगलबार नै ताकाइचीले जापान इनोभेसन पार्टी (जेआइपी) सँग गठबन्धन बनाउन सहमति गरेकी थिइन् । जेआइपीको तल्लो सदनमा ४१ सिट रहेको छ ।

    images
    images
    images

    त्यस्तै २४७ सदस्यीय उपल्लो सदनमा पनि ताकाइचीले १२५ मत प्राप्त गर्दै बहुमत हासिल गरेकी छन् ।

    जापानको इतिहासमा ताकाइची पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । ६४ बर्षिय ताकाइचीलाई जापानमा दक्षिणपन्थी रूढिवादी नेता मानिन्छ । सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेक शिगेरु इशिबाले राजीनामा दिएपछि जापानले नयाँ प्रधानमन्त्री चुनेको हो । उनले मुद्रास्फीति र आर्थिक समस्याहरू समाधान गर्ने वाचा गरे, तर सोचे अनुसार काम गर्न सकेनन भने एलडीपी-कोमेइतो गठबन्धनले अक्टोबर २०२४ मा तल्लो सदन (प्रतिनिधि सभा) को चुनावमा बहुमत गुमाएपछि जुलाई २०२५ मा माथिल्लो सदन (काउन्सिलरहरूको सभा) को चुनावमा उनको दलले ठूलो हार बेहोर्यो। १९५५ पछि पहिलो पटक पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ताकाइची
  • # जापान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।