Logo

२०८३, आश्विन ११गते


images
images

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइची : शिन्जो आबेकी समर्थक, चीन विरोधी नेता

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइची : शिन्जो आबेकी समर्थक, चीन विरोधी नेता

images
  • जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइची : शिन्जो आबेकी समर्थक, चीन विरोधी नेता
    images
    images

    काठमाडौँ । जापानमा साने ताकाइची पहिलो महिला प्रधानमन्त्री बनेर नयाँ इतिहास रचेकी छन् । तकाइचीले संसदको तल्लो सदनमा भएको चुनावमा २३७ मतकाविरुद्ध १४९ मतले जितिन्। तल्लो सदनपछि, उनी माथिल्लो सदनमा पनि निर्वाचित भइन्, जहाँ पहिलो चरणमा बहुमतबाट एक मत कम भएपछि, उनले दोस्रो चरणमा १२५-४६ को अन्तरले जितिन् ।

    images
    images
    images

    तकाइची कमजोर गठबन्धनका साथ प्रधानमन्त्री बनेकी छन् । उनी दिवंगत पूर्व प्रधानमन्त्री शिन्जो आबेकी समर्थक हुन् र बलियो सैन्य, कडा आप्रवासन नीति र जापानको शान्तिवादी संविधानमा संशोधनको वकालत गर्छिन् ।

    images
    images
    images

    यस महिनाको सुरुमा, तकाइची एलडीपीको नेता निर्वाचित भएकी थिइन् । तकाइचीले २०२१ र २०२४ मा पनि प्रधानमन्त्री बन्न खोजेकी थिइन्, तर पर्याप्त सांसदहरूको समर्थन प्राप्त गर्न असफल भएकी थिइन् ।

    images
    images
    images

    ताकाइचीले प्रधानमन्त्री शिगेरु इशिबाको ठाउँ लिनेछन् । जुलाईमा भएको माथिल्लो सदनको चुनावमा पार्टीले पराजय भोग्नुपरेको थियो, जसले गर्दा पार्टी भित्र विरोध बढ्दै गएको थियो । देशका जनता मुद्रास्फीतिबाट आक्रोशित छन् र विपक्षी दलहरूलाई समर्थन गर्न थालेको बेला एलडीपीले ताकाइचीलाई रोजेको हो । ताकाइचीलाई पूर्व प्रधानमन्त्री शिन्जो आबेको नजिकको मानिन्छ । शिन्जो जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने प्रधानमन्त्री थिए र उनलाई चीन विरोधी नेता मानिन्छ । 

    त्यस्तै ताकाइचीले पुरुष राजाको शासनलाई समर्थन गर्छन् र रानीको सिंहासनमा प्रवेशको विरोध गर्छिन । ताकाइचीले ट्रम्प प्रशासनसँगको हालैको व्यापार सम्झौताको विरोध गरेकी छन् भने उनले यसलाई पुन: वार्ता गर्नुपर्ने बताउदै आएकी छन् । अगस्टमा जापान र संयुक्त राज्य अमेरिकाबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अन्तर्गत, जापानले संयुक्त राज्य अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने वाचा गरेको थियो ।

    त्यसैगरी ताकाइची समलिङ्गी विवाहको विरोध गर्छिन् । उनी यसले पारिवारिक मूल्यहरूलाई कमजोर बनाउने विश्वास गर्छिन । उनले जापान प्रवेश गर्ने विदेशीहरूका लागि कडा नियमहरूको लागि आह्वान गरेकी छिन् । अवैध रूपमा प्रवेश गर्नेहरू विरुद्ध कारबाही गरिनुपर्छ भन्ने उनको विश्वास छ । साथै उनी विवाहित जोडीहरूको नाममा छुट्टाछुट्टै उपाधि प्रयोगको विरोध गर्छिन् ।

    साने ताकाइचीले २००४ मा आफ्नै पार्टीका सदस्य ताकु यामामोतोसँग विवाह गरेकी थिइन् । यद्यपि, राजनीतिक मतभेदका कारण जुलाई २०१७ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए । त्यस समयमा, मिडियामा उनीहरूको अलग्गिएको खबर व्यापक रूपमा चर्चामा आएको थियो । यद्यपि, चार वर्ष पछि, डिसेम्बर २०२१ मा, उनीहरूले पुनर्विवाह गरेका थिए । पछि, ताकु यामामोतोले आफ्नो थर परिवर्तन गरेर ताकाइची राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साने ताकाइची
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।