काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका विभिन्न मुलुकमा आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका र माला लगाउने परम्पराले आज पनि पारिवारिक प्रेम र आत्मीयताको बन्धनलाई अझ मजबुत बनाउँछ ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।
नेपालमा कात्तिक ६ गते अर्थात् अक्टोबर २३ मा भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा निर्धारण गरिएको छ ।
त्यस्तै भारतको दिल्लीमा टीकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेटमा जुराइएको छ ।
अमेरिका र क्यानडामा भने एक दिनअघि, अर्थात् अक्टोबर २२ तारिखमा नै भाइटीका लगाउने उत्तम साइत परेको थियो ।
नेपालीहरूको बसोबास रहेका अन्य देशहरूमा पनि समयानुसार पञ्चांगका आधारमा टीकाको साइत फरक–फरक तोकिएको छ । तर जहाँ जहाँ नेपाली समुदाय पुगेका छन्, त्यहाँ भाइटीका पर्वले पारिवारिक प्रेम र सांस्कृतिक एकताको सन्देश एकैसाथ बाँडिरहेको छ ।
कुन देशमा कतिबेला शुभ साइत ?

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology