Logo

२०८३, आश्विन ११गते


images
images

तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश, सयौ उडान रद्ध

तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश, सयौ उडान रद्ध

images
  • तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश, सयौ उडान रद्ध
    images
    images

    काठमाडौँ । १५५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश निम्त्याएको छ । तिब्र हावाका कारण लगभग ९० हजार घरहरूमा बिजुली गुमेको छ भने १०० भन्दा बढी घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् ।

    images
    images
    images

    राष्ट्रिय मौसम सेवाले क्यान्टरबरी, वेलिंग्टन, नेल्सन र मार्लबरो क्षेत्रहरू हावाबाट सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । धेरै क्षेत्रमा रूखहरू र बिजुलीका पोलहरू उखेलिएका छन्, सडकहरू बन्द गरिएका छन् र रेल सेवाहरू अवरुद्ध भएका छन् ।

    images
    images
    images

    सरकारले प्रभावित क्षेत्रहरूका लागि न्यूजिल्याण्डको सबैभन्दा गम्भीर मौसम चेतावनी श्रेणी जारी गरेको छ । दक्षिण टापुको पहाडी क्षेत्रहरूमा भारी वर्षा र पहिरोको अनुमान गरिएको छ।

    images
    images
    images

    आपतकालीन व्यवस्थापन मन्त्रालयले नागरिकहरूलाई घर भित्रै बस्न, अनावश्यक यात्रा नगर्न र आपतकालीन किटहरू तयार राख्न सल्लाह दिएको छ।

    वेलिंग्टनका मेयर टोरी व्हानाउले भनेका छन्- 'हामी दशकमा एक पटक आउने हावा देखिरहेका छौं । हाम्रा टोलीहरूले सडक र बिजुलीका लाइनहरू खाली गर्न काम गरिरहेका छन्, तर त्यसका लागि समय लाग्नेछ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # न्युजिल्याण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।