Logo

२०८३, कार्तिक २९गते


images
images

पार्टी पुनर्गठनको विषय उठाउदा रविको विकल्प खोजेको आरोप लगाइयो : तोसिमा कार्की

पार्टी पुनर्गठनको विषय उठाउदा रविको विकल्प खोजेको आरोप लगाइयो : तोसिमा कार्की

images
  • पार्टी पुनर्गठनको विषय उठाउदा रविको विकल्प खोजेको आरोप लगाइयो : तोसिमा कार्की
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको विषय उठाउदा रवि लामिछानेको विकल्प खोजेको आरोप लगाइएको गुनासो गरेकी छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत तोसिमाले पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउने प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने बताएकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन् ‘कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला । यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु‚गर्नेछु । तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला ।

    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने मेरो मान्यता हो । पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला ।’

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा किचलो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।