काठमाडौँ । अर्जेन्टिना फुटबल टिमको भारत भ्रमण स्थगित भएको छ । लियोनेल मेसीसहितको अर्जेन्टिनी टिम अर्को महिना भारतको केरला भ्रमण गर्ने तालिका रहेको थियो ।
नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू स्टेडियममा हुने खेल स्थगित भएको हो । यो जानकारी मैत्रीपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमा साझा गरेका थिए ।
उनले अब फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा यो खेल हुनसक्ने र यसका लागि छलफल जारी रहेको बताएका छन् । एन्टो अगस्टिनले भनेका छन् ‘खेलको लागि फिफा अनुमति प्राप्त गर्न ढिलाइ भएको कारणले गर्दा अर्जेन्टिना फुटबल संघ (एएफए) सँगको बैठक पछि निर्णय गरिएको हो ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology