Logo

२०८३, आश्विन १०गते


images
images

ग्रे लिस्टबाट बाहिर निस्कन एफएटीएफको नेपाललाई सात बुँदे सुझाव

ग्रे लिस्टबाट बाहिर निस्कन एफएटीएफको नेपाललाई सात बुँदे सुझाव

images
  • ग्रे लिस्टबाट बाहिर निस्कन एफएटीएफको नेपाललाई सात बुँदे सुझाव
    images
    images

    काठमाडौँ । अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टबाट बाहिर निस्कन सात बुँदे सुझाव दिएको छ ।

    images
    images
    images

    एफएटीएफले ग्रे लिष्टबाट बाहिर निस्किन उच्च राजनीतिक प्रतिबद्धता जनाएको र केहि सुधारका कदम समेत चालेको उल्लेख गरेको छ । एफएटीएफले नेपालले यस प्रयासलाई अझै जारी राख्नुपर्ने भन्दै ७ बुँदे सुझाव दिएको छ ।

    images
    images
    images

    नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटीएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी)सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो ।

    images
    images
    images

    एफएटीएफले नेपालले गर्नुपर्ने सात बुँदे सुझाव:

    • मनी लाउन्डरिङ/आतंकवादी वित्तीयकरण जोखिमहरूको बुझाइमा सुधार गर्नुपर्ने ।
    • बैंक तथा वित्तीय संस्था, उच्च-जोखिम भएका सहकारी संस्था, क्यासिनो, डिलर्स इन प्रेसियस मेटल्स एन्ड स्टोन्स (डीपीएमएस) र रियल-स्टेट क्षेत्रको जोखिमको प्रभावकारी अनुगमन गर्नुपर्ने ।
    • वित्तीय समावेशीकरणमा बाधा नपुग्ने गरी हुन्डीलगायत पैसा ओसारपसार गर्ने अवैध सेवा प्रदायकहरूको पहिचान गरी प्रभावकारी नियमन र कारबाही गर्नुपर्ने ।
    • मनी लाउन्डरिङ छानबिन गर्न शक्तिशाली निकाय स्थापना गर्ने र क्षमता अभिवृद्धि र समन्वय गर्नुपर्ने ।
    • मनी लाउन्डरिङसम्बन्धी छानबिन तथा अभियोजनको संख्या बढाउनुपर्ने ।
    • जोखिम प्रोफाइलअनुरूप, आपराधिक आम्दानी तथा आपराधिक कारोबारमा प्रयोग भएका सम्पत्ति पहिचान, अनुगमन, रोक्का, जफत र आवश्यक परे जफत गर्ने प्रक्रियाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने ।
    • आतंकवादी क्रियाकलाप तथा विनासकारी हातहतियार निर्माण तथा ओसारपसारमा वित्तीय लगानी हुन नदिनका लागि नियामक निकायबाट भएका कमजोरीलाई सुधार गर्नुपर्ने ।

    नेपाल गत फेब्रुअरीमा एफएटीएफको पुन: ग्रे लिष्टमा परेको थियो । त्यसअघि नेपाल सन् २०११ म पनि ग्रे लिस्टमा परेर नेपाल २०१४ मा बाहिरिएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।