काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology