काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको त्रिपक्षीय छलफल जारी रहेको छ । अहिलेसम्म जेनजीबाट प्रतिनिधि बनेर गएकाहरुले आफ्नो धारणा राखेका छन् ।
जेनजी प्रतिनिधिहरूले चुनाव चाहिएको भन्दै चुनाव गर्नुपर्छ तर चुनाव भनेर मात्र नहुने धारणा राख्दै आन्दोलनको मुख्य माग सुशासन भएकोमा जोड दिएका थिए । उनीहरुले भ्रष्टाचारविरुद्धको कारबाही भएकोले दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका थिए ।
धारणा राख्ने जेनजी प्रतिनिधिहरुमा रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल, पुरुषोत्तम यादव, मिराज ढुंगाना, अमीत खनाल ऊर्जा, रिजन रानामगर, सामना घर्ती, मोनिका निरौला, उपार्जुन चाम्लिङ, खेम साउँद, भोजविक्रम थापा (सहिद परिवार प्रतिनिधि), अभिषेक श्रेष्ठ (घाइते प्रतिनिधि), विवेक ढकाल र सागर ढकालले आ-आफ्नो धारणा राखेका थिए ।
छलफलको शुरुमै प्रधानमन्त्री कार्कीले सबै विचारको आदानप्रदान गरौँ भन्दै मुलुक कसैले नबनाइदिने र आफुहरुले नै बनाउनुपर्ने बताएकी थिइन् । उनले एकपटकको कुराकानीले नहुने र बारम्बार हुनुपर्ने बताउदै सरकारले यसको सुरुवात गरेको बताएकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology