काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिवार छापावाल सुन तोला स्थिर रहदै तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधवार पनि सुन तोलाको २ लाख ३७ हजार ३ सयमा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार चाँदी तोलाको २९६५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology