Logo

२०८३, आश्विन ११गते


images
images

सुडानको अल-फाशरमा विद्रोही लडाकुबाट ४६० भन्दा बढीको हत्या

सुडानको अल-फाशरमा विद्रोही लडाकुबाट ४६० भन्दा बढीको हत्या

images
  • सुडानको अल-फाशरमा विद्रोही लडाकुबाट ४६० भन्दा बढीको हत्या
    images
    images

    काठमाडौँ । सुडानको अल-फाशर कब्जा गरेपछि, र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) का लडाकुहरूले मुख्य अस्पतालमा सयौं नागरिकहरूको हत्या गरेका छन् ।

    images
    images
    images

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस गेब्रेयससले सुडानी शहर अल-फाशर कब्जा गरेपछि, र्‍यापिड सपोर्ट फोर्सेसका लडाकुहरूले मुख्य अस्पतालमा सयौं नागरिकहरूको हत्या गरेको बताएका छन् । डब्लुएचओका प्रमुख गेब्रेयससले अल-फाशर अस्पतालमा ४६० जनाको मृत्युको खबरले स्तब्ध र गहिरो दुःखी भएको बताएका छन् ।

    images
    images
    images

    यसअघि, सुडान डाक्टर नेटवर्कले मंगलबार आरएसएफ लडाकुहरूले बिरामीहरू, उनीहरूका आफन्तहरू र अन्यहरू सहित अस्पतालमा रहेका सबैलाई क्रूरतापूर्वक मारे बताएको थियो ।

    images
    images
    images

    डाक्टर नेटवर्कले संख्या प्रदान गरेन, तर शहरका धेरै अस्पतालहरूलाई 'मानव वधशाला' मा परिणत गरिएको बताएको थियो । सुडान डाक्टर नेटवर्कले आरएसएफलाई चार डाक्टर सहित छ जना स्वास्थ्यकर्मीहरूलाई अपहरण गरेको आरोप पनि लगाएको छ ।

    सुडानको दक्षिण डार्फरको राजधानी अल-फाशर, आरएसएफ विरुद्ध लड्ने अन्तिम शहर हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुडान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।