भैरहवा । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
सरकारले डेडिकेटेड ट्रंक लाइनको महशुल नतिरेको भन्दै उद्योगको लाइन काटेको विरोधमा बिहीबार भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।
उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए । गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology