कृष्ण अन्जान, तम्घास । अथक प्रयास पछि अबेर राति नेकपा एमालेकाे जिल्ला कमिटी गुल्मी सर्व सम्मत रुपमा चयन भएकाे छ ।
एमाले गुल्मीकाे एघारौं जिल्ला अधिवेशनले बालशिँह काउछाकाे अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेकाे छ ।
अधिवेशनबाट उपाध्यक्ष मा कृष्ण सुनार सचिवमा गणेश श्रीपालि सहसचिवमा धर्म विश्वकर्मा र सावित्री आचार्य चयन भएका छन।
यसै गरि विभिन्न भुगाेल समावेशी आरक्षण तथा जन बर्गिय सँगठनबाट समेत गरि एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध भएकाे ।
नव निर्वाचित जिल्ला कमिटीका सदस्य हरुलाई नेकपा एमालेका सचिव गाेकर्ण विष्टले एमाले पार्टि कार्यलयमा पद तथा गाेपनियताकाे सपथ गराउनुका साथै प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका थिए।
जिल्ला कमिटीमा नयाँ युवा हरुले प्रवेश पाएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology