Logo

२०८३, कार्तिक २९गते


images
images

भैरहवाको होटल निर्वाणा लक्जरीमा गोली चल्यो

भैरहवाको होटल निर्वाणा लक्जरीमा गोली चल्यो

images
  • भैरहवाको होटल निर्वाणा लक्जरीमा गोली चल्यो
    images

    भैरहवा । भैरहवाको होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चल्दा एक जना घाइते भएका छन् ।

    images
    images
    images

    होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच भएको विवादपछि एउटा समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथि गोली प्रहार गरेका थिए ।

    images
    images
    images

    गोली लागेर होटलमा सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ । उनको तिघ्रामा गोली लागेको छ ।

    images
    images

    रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीका अनुसार घाइते परियार राति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

    घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त होटलमा क्यासिनोसमेत सञ्चालनमा छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होटल निर्वाणा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।