Logo

२०८३, आश्विन ९गते


images
images

आईसीसी विश्वकप लिग-२

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

images
  • युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यस खेलमा युएईले टस जितेर बलिङ रोजेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो ।

    images
    images
    images

    नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ । नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

    images
    images
    images

    यस खेलमा नेपालले एक परिवर्तन गरको छ । आज गुलशन झाको स्थानमा कुशल मल्ललाई यस सिरिजमा पहिलो पटक अवसर दिइएको छ । युएईविरुद्धको नेपाली प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ सेख, भीम सार्की, करण केसी, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइसीसी विश्वकप लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।