Logo

२०८३, कार्तिक २८गते


images
images

मेलम्ची खानेपानी

हेलम्बुको माग पुरा भएन : काठमाडौँ उपत्यकाको खानेपानी वितरण अवरुद्ध

हेलम्बुको माग पुरा भएन : काठमाडौँ उपत्यकाको खानेपानी वितरण अवरुद्ध

images
  • हेलम्बुको माग पुरा भएन : काठमाडौँ उपत्यकाको खानेपानी वितरण अवरुद्ध
    images

    काठमाडौँ । स्थानीयले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण पुर्ण रुपमा बन्द गरेपछि काठमाडौँ उपत्यकाको खानेपानी वितरण प्रभावित भएको छ ।

    images
    images
    images

    हेलम्बुका स्थानीयले पटक पटकको आन्दोलनमा भएको सहमति कार्यान्वयन नभएको भन्दै माग पूरा नभएसम्म पानी पथान्तरण विहिबारदेखि बन्द गरेका हुन् ।

    images
    images
    images

    पानी पथान्तरण बन्द भएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (कयूकेएल) ले यसअघि हुदै आएको खानेपानीको वितरण अवरोध भएको जानकारी गराएको छ ।

    images
    images

    केयुकेएलले वितरण भईरहेको मेलम्चीको पानी बिशेष कारणवश मेलम्ची मुहानमा पानी अवरोध भएको हुँदा अर्को सुचना प्रकाशित नहुंदासम्म पानी वितरण अवरुद्ध हुने जानकारी गराएको हो ।

    स्थानीयले तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । अघिल्लो असोज २२ गते मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएको थियो ।

    त्यति बेला मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेकोमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच पुनः छलफल गरि तीन महिनाभित्र टुङग्याउने,हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन गरी कार्यान्वयन गर्न यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यन्वयनमा ल्याउन स्थानीय सरकार र खानेपानी मन्त्रालयले पहल गर्ने लगायतका विषयमा सहमति भएको थियो । तर स्थानीयले यी मागहरु अहिलेसम्म पुरा नभएको आरोप लगाएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।