Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेशमा विश्वविद्यालय बनाउने प्रदेश सरकारको पहिलो सपना हो :  मुख्यमन्त्री केसी 

लुम्बिनी प्रदेशमा विश्वविद्यालय बनाउने प्रदेश सरकारको पहिलो सपना हो :  मुख्यमन्त्री केसी 

images
  • लुम्बिनी प्रदेशमा विश्वविद्यालय बनाउने प्रदेश सरकारको पहिलो सपना हो :  मुख्यमन्त्री केसी 
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा  विश्वविद्यालय स्थापना गर्नु प्रदेश सरकारको पहिलो सपना भएको बताएका छन । बिहिबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको समन्वयात्मक बैठकमा बोल्दै मुख्यमन्त्री केसीले  विश्वविद्यालय स्थापना गरी  अनुसन्धात्मक शिक्षा प्रदान र विश्व  बजारमा विकाउ जनशक्ति उत्पादन गर्ने लुम्बिनी प्रदेश सरकारको पहिलो सपना भएको बताएका हुन ।

    images
    images
    images

     

    images
    images
    images

    यसै चौमासिममा कार्य थालनी गर्नका लागि शिक्षा मन्त्रालय लगायत अन्य सरोकारवाला निकायलाई निर्देशन दिदै मुख्यमन्त्री केसीले प्रदेश सरकारकाले प्रदेशस्तरको विश्वविद्यालय बनाउँदै लुम्बिनी प्रदेशको सपनालाई साकार बनाउनको लागि नै कार्यन्वयन जानुपर्ने बताए ।

    images
    images
    images

         

    मुख्यमन्त्री केसीले अनुसन्धात्मक विषयमा अध्यापन गराउँदै लुम्बिनीको ब्राण्ड कायम गर्नु छिटो भन्दा छिटो देखिने गरी परिणाम दिनका लागि निर्देशन दिदै प्रदेशमा विश्वविद्यालय सञ्चालनका लागि भुगोल, वातावरण, जमिनको उपलब्धता लगायतको हिसावले दाङको बंगालचुली गाउँपालिकामा निर्माण गर्न सकिने धारणा व्यक्त गरे । 

         

    गोष्ठी एवं समन्वयात्मक बैठकमा काठमाण्डु विश्व विद्यालयका पी.ए.डी. प्रोफेसर लक्ष्मण ज्ञवालीले नेपालका विश्वविद्यालयमा अनुसन्धानमुलक शिक्षा प्रदान गर्नका लागि नै आवश्यक रहेको बताए  । नेपालका विश्व विद्यालयले प्रमाणपत्र दिने काम मात्र पहिलो प्राथमिकताका साथ अगाडि बढेकोले नेपालका विश्वविद्यालयकालाई दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदानका लागि बहस गर्नुपर्ने बेला बताए ।

     

    लुम्बिनी विश्वविद्यालयको छलफलमा ग्रामीण सहरी तथा पर्यटनमन्त्री डिल्ली चौधरी,  शिक्षामन्त्री वसीउसीदिन खाँ, कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, भौतिक मन्त्री सहषराम यादव, प्रमुख सचिव डिल्लीराम शर्मा लगायत विभिन्न मन्त्रालयको सचिवको सहभागीता रहको थियो ।  

     

    विश्वविद्यालयका निर्मानका लागी यसै वर्ष प्रदेश सरकारले बजेट विनियोजित गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।