काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको २ लाख ४९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिवार सुन तोलाको २ लाख ५० हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ३२८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिवार चाँदी तोलाको ३३४५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology