रमेश बहादुर सिह, बझाङ । जयपृथ्वी नगरपालिका वडा न .२ मोत्तोलीमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका सवारी धनी पुरक बहादुर सिहको उपचारका क्रममा मृत्यु भएको छ।
शुक्रबार बेलुका ५ बजेतिर कैलाशबाट सदरमुकाम चैनपुर जादै गरेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा न २ काे कार्यालय नजिकैको घुम्ती मोडमा घुमाउने क्रममा दुर्घटना भएको थियो ।
जीपमा सबार सबै यात्रु झरि सकेका र जीपमा सबारीधनि पुरक बहादुर सिह मात्र रहेका थिए।
सिंह को छातीमा र खुट्टामा चोटपटक लागेपछि उपचारका लागि धनगढी आउने क्रममा बाटोमा नै मुत्यु भएको आफन्त इश्वर बहादुर सिहले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology