सुनवल । सुनवल नगरपालिकाबाट एक महिला तीन दिनदेखि वेपत्ता भएकी छन् । नगरपालिकाको वडा नं. १०, गैडाखाल केरावारीकी २३ बर्षिया अनिता दर्जी शुक्रबार दिउँसो करिब २ बजेदेखि हराएको उनका श्रीमान झवि बहादुर दर्जीले बताए ।
तीन बर्षिया छोरीकी आमा समेत रहेकी दर्जी शुक्रवार दिउँसो १:४५ तिर किस्ता तिर्न भनी घरबाट हिडेको र त्यसपछि नफर्किएको उनको परिवारले जनाएको छ ।
गोरोवर्णकि कालो पाइण्ट, कालो स्विटर र सेतो जुत्ता लगाएकी उनी हराएको निवेदन सोही दिन नजिकैको सोमनाथ प्रहरी चौकीमा दिएको श्रीमान दर्जीले सेतोमसीलाई बताए ।
सोमनाथ प्रहरी चौकीका इन्चार्ज कृष्ण धितालले यसबारे निवेदन परेको र अनुसन्धान अगाडि बढाईएको बताएका छन् ।
मुटुको रोगी समेत रहेकी ३ बर्षिया छोरी समेतलाई घरमै छाडेर गएकी अनितालाई खोजिदिन उनका श्रीमानले अनुरोध गरेका छन् । उनलाई भेट्ने जोकोहिले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन उनको अनुरोध छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology