काठमाण्डाै । यातायात व्यवस्था विभागले बैशाख १६ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।
विभागले मंगलबार सूचना निकालेर कोरोना महामारीका कारण अर्काे सूचना नआंउदा सम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो ।
गत वर्ष पनि लकडाउनले गर्दा झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप धेरै बढेको थियो ।
विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोडिभ १९ महामारीका कारण मिति २०७८/०१/१६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले जारी गरेको सूचनामा भनिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology