Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले जनप्रदर्शन

जेनजीलाई तालिम दिएर सुशासनका नाममा घृणा फैलाइयो : ओली

जेनजीलाई तालिम दिएर सुशासनका नाममा घृणा फैलाइयो : ओली

images
  • जेनजीलाई तालिम दिएर सुशासनका नाममा घृणा फैलाइयो : ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने बताएका छन् ।  शनिबार एमालेको जनप्रदर्शन र सभालाई सम्बोधन गर् ओलीले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने दाबी गरेका हुन् । 

    images
    images
    images

    ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए। जेनजीका नाममा केहि व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उनले बताए । 

    images
    images
    images

    सम्बोधनका क्रममा ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै एमालेलाई निषेध गर्ने क्रम जारी रहे सह्य नहुने चेतावनी दिए ।

    images
    images
    images

    उनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सरकारको नाटक मात्रै भएकाले निर्वाचन हुन्छ भनेर भ्रम पाल्न नहुने बताउदै दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोको यथार्थका बारेमा प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने र प्रसाईंलाई गिरफ्तार गरेर यथार्थबाट भाग्न नमिल्ने बताए ।

    एमालेले प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै स्थानीय, जिल्ला र आज काठमाडौँमा प्रदर्शन र सभा गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।