Logo

२०८३, आश्विन ९गते


images
images

फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

images
  • फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
    images
    images

    काठमाडौँ । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति घोषणा संगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश छ भने पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन्। रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन् ।

    images
    images
    images

    सह निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन्। सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो। सामाजिक कथामा तयार भइरहेको यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। बालकलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन् ।

    images
    images
    images

    निर्माता समिर राईका अनुसार चलचित्रको हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ। नारी केन्द्रित कथामा बनेको ‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली चलचित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।