काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुनको मुल्य तोलाको १९ सयले घटेर तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुन तोलाको २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३११५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार चाँदी तोलाको ३१३५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology