Logo

२०८३, कार्तिक २६गते


images
images

खोरेत रोग : अवस्था, नियन्त्रण र  रोकथाममा

खोरेत रोग : अवस्था, नियन्त्रण र  रोकथाममा

images
  • खोरेत रोग : अवस्था, नियन्त्रण र  रोकथाममा
    images

     खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो। 
    यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग पर्न गएको हो। यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ। यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्छन्। यदी खोरेत रोगको बेलैमा ध्यान पुगाउन न सकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्छ। आज हामी खोरेत रोगको सम्पूर्ण जानकारी लिएर आएका छाै । 

    images
    images
    images

    खोरेत रोगको विषाणु 
    -    अति सुक्ष्म
    -    थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको   
    -    बाहिरी बातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ ।
    -    छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र
    -     विभिन्न जातका जनावरलार्य एकैपल्ट आक्रमण गर्न सक्ने क्षमताका कारण महामारीको रुपमा फैलिन्छ ।

    images
    images
    images

    रोग सर्ने तरिकाः
    -    रोगी पशुसित लसपस भएमा,
    -    रोगी पशुको रयालले दुषित बनाएको दानापानी खाएमा, 
    -    रोगी पशुले फोहोर बनाएको भांडाकुंडामा दानापानी खाएमा,
    -    रोगी पशुलाई राखेको खोरमा राखेमा
    -    रोगी जनावरको मासु
    -    कांचो दूध र खोरेत विषाणुले दुषित सामान, गाडी आदिको माध्यमबाट
    -    कुनै मानिस रोगी जनावरको सम्पर्कमा रहेको अवस्थामा निजको श्वास नलीभित्र २४ घण्टा खोरेत विषाणु बाच्न सक्छ र रोग सार्न सक्छ ।

    images
    images


    लक्षणहरू:

    यो रोग लाग्दा एकदम बढी ज्वरो (१०४-१०६ डिग्री फरेनहाइट) आउँछ। बिस्तारै घाँसपात नखाने, झोक्राउने हुन्छ।

    मुख वरिपरि विशेष गरी गिजा र जिब्रोमा स-साना फोकाहरू आउँदछन् । यस सँगसँगै खुट्टाको खुरको कापमा पनि फोकाहरू आउँछन् पशु खुट्टा खोच्याएर हिँड्छ र पछि लङ्गडो हुन सक्छ। 

    मुख वरिपरि घाउ आउने भएको कारण र्याल चुहाउँछ। यस रोगले ठूला माउहरूभन्दा पाठापाठीलाई बढी असर पुर्याउँछ ।

    कहिलेकाहीँ खोरेत रोगका कारण थुनेलोको समस्या पनि देखिन्छ। ब्याउने माउहरूमा गर्भ तुहिने समस्या देखिन सक्छ ।

     

    खोरेंत रोगको उपचार कसरी गर्ने भन्ने बारे जानकारी - 

    क) मुखको घाउलाई १ प्रतशितको पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गरिदिने ।

    ख) खुरका घाउलाई पोटास पानीले धोएर हिमैक्स वा लोरेक्जेन मलहम लगाउनुपर्छ वा २ प्रतिशत निलोतुथोले घाउ सफा गर्न सकिन्छ । 

    ग) खुट्टाको घाउमा फिनेल प्रयोग गर्न पनि सकिन्छ ।

    घ) घाउहरूमा अन्य जीवाणु प्रवेश गरी संक्रमण नगरुन् भन्नका लागि पशुलाई एन्टिबायोटिक सुई लगाउन सकिन्छ ।

    ङ) खोरेंत देखिइरहने ठाउँमा रोकथामका लागि खोरेंत विरूद्ध खोप लगाउनुपर्दछ । ६ महिनाको उमेर पुगेपछि पहिलोपटक खोप लगाउने र प्रत्येक वर्ष दोहोर्याउने बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउने

    रोकथामः
    -    गोठलाई सफा गरि राख्ने र पशुलाई सकेसम्म बंधुवा गरि पाल्ने ।
    -    रोगी पशुलाई बेग्लै राख्ने र रोगी पशुले दुषित बनाएको दानापानी आदिलाई गाडि दिने ।
    -    रोगबाट मरेकोलाई पनि गहिरो गरि खाल्डोमा पुर्नु पर्दछ ।
    -    निरोगी पशुलाई ६।६ महिनामा खोरेत रोगकोे एफ.एम.डी. भ्याक्सीन लगाउनु पर्दछ ।
    -    रोग फैलिएको शंका लागेमा नजिकको सेवा केन्द्रमा तुरुन्तै खबर गर्नु पर्दछ ।


    कृषि तथा पशुपन्छी डायरीको सहयोगमा सहकर्मी रेशम अधिकारीले तयार पारेको रिपोर्ट ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।