Logo

२०८३, आश्विन १२गते


images
images

नेपालका ७५ प्रतिशत गोही भारतमा

नेपालका ७५ प्रतिशत गोही भारतमा

images
  • नेपालका ७५ प्रतिशत गोही भारतमा
    images
    images

    काठमाडौ । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो ।

    images
    images
    images

    वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ । 

    images
    images
    images

    उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव भन्नुहुन्छ, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा भएछ ।”

    images
    images
    images

    यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो । गोहीको यो यात्रा अचम्मको थियो । लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउनुहुन्छ । यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ । तर कति भारत पुगे भन्ने यकिन तथ्याङ्क छैन । यसरी बगेका गोहीलाई नेपाल फर्काउन नसकिने अवस्था पनि छैन ।

    विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो । नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही भेटिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।