Logo

२०८३, आश्विन ९गते


images
images

पाकिस्तानको अर्थतन्त्र र जनताको जीवनका लागि विशाल विकास सिर्जना

पाकिस्तानको अर्थतन्त्र र जनताको जीवनका लागि विशाल विकास सिर्जना

images
  • पाकिस्तानको अर्थतन्त्र र जनताको जीवनका लागि विशाल विकास सिर्जना
    images
    images

    काठमाडौ । भर्खरै गएको सन् २०२१ मा चीन र पाकिस्तानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव र बेल्ट एण्ड रोडको प्रमुख योजना चीन पाकिस्तान आर्थिक कोरिडोरको आठौं वार्षिकोत्सव थियो।

    images
    images
    images

     पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले हालै इस्लामाबादस्थित राष्ट्रपति भवनमा चिनियाँ सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै चीन पाकिस्तान आर्थिक कोरिडोरको उपलब्धिको उच्च मूल्याङ्कन गर्नुभएको छ।

    images
    images
    images

     उहाँका अनुसार पाकिस्तान र चीनबीच दाजु भाइ जस्तै साझेदारी सम्बन्ध छ। अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तित भए पनि पाकिस्तान र चीनले आपसमा समर्थन दिँदै सहायता दिने गरेका छन्। 

    images
    images
    images

    क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समाजको शान्त विकासलाई संयुक्त प्रवर्द्धन गर्दै आएका पाकिस्तान र चीनबीचको सम्बन्ध विश्वमा अनुकरणीय सम्बन्धको नमूना बनेको छ। विशेष गरी यी दुबै मुलुकको आर्थिक करिडोरको सहयोग नै विश्वको सहयोगको नमूना बनेको छ। पहिलेभन्दा चीन पाकिस्तान आर्थिक करिडोर एक विशेष सहयोग शैली हो। विश्वमा सबै पूँजी सहयोग र बित्तीय सहयोगसँग अतिरिक्त सर्तहरू छन्। तरपनि चीन र पाकिस्तानको आर्थिक करिडोरको सहयोग जनताबीचको मित्रता र जनताको आर्थिक समृद्धिलाई प्रत्याभूति ग‌र्ने आधारमा रहेको छ। यो एक विशेष साझेदारी सम्बन्ध हो।

    चीन पाकिस्तान आर्थिक करिडोर परियोजनाले पाकिस्तानको अर्थतन्त्र र जनताको जीवनका लागि विशाल विकास सिर्जना गर्दछ। चीनको विकासले पाकिस्तानलाई अनुभव सिर्जना गर्दछ। यस सम्बन्धमा राष्ट्रपति अरिफका अनुसार पाकिस्तानको स्रोतसाधन गम्भीर कम भएको छ। त्यसैले पाकिस्तान र चीनको प्रारभ्मिक सहयोग स्रोत सम्बन्धित छ। यसपछि यी दुबै मुलुकले  कृषि,स्वास्थ्य,गरिबी न्युनीकरण लगायत अरु बढी क्षेत्रमा सहयोग गराएका छन्। चीनले गरिबी निवारण क्षेत्रमा विश्वाल प्रगति पाएको छ भने विश्वका लागि मूल्यवान अनुभव प्रदान गर्दछ। चीन पाकिस्तान आर्थिक करिडोरले पाकिस्तानको अर्थतन्त्रका लागि धेरै ठूलो प्रभाव पारेको छ। जनताहरुले रोजगार खोजेका छन् भने जसबाट गरिबीबाट मुक्त भएका छन्।
    चीन पाकिस्तान आर्थिक करिडोरको धेरैजसो उपलब्धिहरुमध्ये राष्ट्रपति अरिफले विशेष गरी ग्वादर वन्दरगाह र स्वतन्त्र क्षेत्रको विकासको उपलब्धि जोड दिनुभएको छ। उहाँका अनुसार पाकिस्तान र ग्वादरको विशेष भौगोलिक स्थान भएको कारण ग्वादरको विकासले दक्षिण एशिया,पूर्वी एशिया,मध्य एशिया क्षेत्रबीचको पारस्परिक सम्पर्क र शान्ति विकासका लागि महत्वपूर्ण भूमिका सिर्जना गर्ने छ।
    चीनले महामारी अवधिमा पैचिङ्ग हिउँदे ओलम्पिक खेलकूदको संयोजनका लागि गरेको प्रयासमा राष्ट्रपति अरिफले प्रशंसा गर्नुभएको छ। उहाँका अनुसार महामारी अवधिमा ओलम्पिक खेलकूदको संयोजन चीन सरकार र चिनियाँहरुको एक असामान्य कार्य हो। ओलम्पिक भावनाले व्यक्तिहरुबीचको सहयोग र मुलुकबीचको सहयोगलाई प्रवर्द्धन गर्दछ। केही पश्चिमी राजनीतिज्ञहरुले राजनीतिक हित भएको कारण पैचिङ्ग हिउँदे ओलम्पिकको विरोध गर्ने विचार सफल नहुने छ। विश्वले एक स्वास्थ्य खेलकूद हेर्नसक्ने आशा राष्ट्रपति अरिफले व्यक्त गर्नुभएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।