काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिवार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधवार सुन तोलाको २ लाख ४८ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार चाँदी तोलाको ३२२० मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology