Logo

२०८३, आश्विन १२गते


images
images

ऊर्जा

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा ६ बुँदे सहमति

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा ६ बुँदे सहमति

images
  • नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा ६ बुँदे सहमति
    images
    images

    काठमाडौँ । नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठक सम्पन्न भएको छ ।

    images
    images
    images

    बंगलादेशको ढाकामा सम्पन्न बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा बंगलादेश सरकारको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बंगलादेशको ढाकामा विहिबार सम्पन्न भएको हो । 

    images
    images
    images

    बैठकले मंसिर १० गते सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसहरुमा छलफल गरेको उर्जा मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले जानकारी दिएका छन् ।  उक्त बैठकमा नेपाल-बंगलादेशबीच विद्युत व्यापार, जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने, अन्तरदेशीय विद्युत प्रसारण लाइनहरुको निर्माण तथा व्यवस्थापन गर्ने लगायतका विषयहरुमा छलफल गर्दै विभिन्न ६ बुँदे सहमति समेत भएको छ ।

    images
    images
    images

    सहमतिको विवरण :

    १- नेपालबाट बंगलादेशले आयात गर्दै आएको ४० मेगावाट जलविद्युतका अतिरिक्त २० मेगावाट थप विद्युत आवश्यक प्रक्रिया पुरा गरी आयात गर्ने ।

    २- सुनकोशी ३ जलविद्युत आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउने तथा JVA छिटो टुंग्याउने ।

    ३- नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारया, पंचगढ़ / ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्मका प्रशारण लाइनहरु मार्फत विद्युत निर्यात गर्न अध्ययन गर्ने ।

    ४- नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्ने सम्बन्धी समझदारी पत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पुरा गरी हस्ताक्षर गर्ने। उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परिक्षण, EV चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने ।

    ५- नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम शुरु गर्ने । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा तत् पश्चात नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने ।

    ६- नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्तरूपमा प्रयास गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ऊर्जा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।