Logo

२०८३, भाद्र १गते


images
images

भारत रूस शिखर सम्मेलन

पुटिनले दुई दिने भारत भ्रमण गर्ने

पुटिनले दुई दिने भारत भ्रमण गर्ने

images
  • पुटिनले दुई दिने भारत भ्रमण गर्ने
    images
    images

    काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत भ्रमणमा आउने भएका छन् । भारतको विदेश मन्त्रालयले डिसेम्बर ४ र ५ मा पुटिनले भारतको भ्रमण गर्ने जानकारी दिएको छ ।

    images
    images
    images

    मन्त्रालयले भनेको छ 'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको भ्रमणमा आउनुहुनेछ । राष्ट्रपति पुटिन २३औं वार्षिक भारत-रूस शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।'

    images
    images
    images

    यस भ्रमणको क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने भएका छन् र उनले राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्ने तालिका रहेको छ ।

    images
    images
    images

    यो भ्रमणले भारत र रूसबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जानकरी दिएको छ । दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा पनि छलफल गरिने बताइएको छ । पुटिनको भारतको अन्तिम भ्रमण डिसेम्बर २०२१ मा भएको थियो । यसको अर्थ फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएदेखि पुटिनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।