काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ-उनले सेप्टेम्बर ३ मा चीनमा हुने सैन्य परेडमा भाग लिने भएका छन् । चीनको विदेश मन्त्रालयले किमसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस कार्यक्रममा भाग लिने बताएको छ ।
चीनमा यो 'विजय दिवस' परेड जापानसँगको युद्धको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिन लागेको छ । चीनले यस परेडमा आफ्ना नयाँ हतियारहरू प्रदर्शन गर्नेछ, जसमा सयौं विमान, ट्याङ्क र ड्रोन विरोधी प्रणालीहरू समावेश हुने बताइएको छ ।
चीनले पहिलो पटक परेडमा आफ्नो सेनाको नयाँ शक्ति पूर्ण रूपमा प्रदर्शन गर्न लागेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology