काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिवार छापावाल सुनको मुल्य तोलाको ८ सयले घटेर तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधवार सुन तोलाको २ लाख ५४ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ३६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार चाँदी तोलाको ३६५५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology