Logo

२०८३, आश्विन १०गते


images
images

बैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमाले पाल्पाको माग

बैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमाले पाल्पाको माग

images
  • बैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमाले पाल्पाको माग
    images
    images

    पाल्पा। नेकपा एमाले पाल्पाले बुधवाार पत्रकार भेटघाट मार्फत पार्टीको धारणा सार्वजनिक गरेको छ। 

    images
    images
    images

    पार्टीको तर्फबाट जारी प्रेस बिज्ञप्ति प्रस्तुत गर्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेले एमाले पार्टी पाल्पाको पहिलो पार्टीको रुपमा रहेकोले यसलाई कायम राख्दै जनताको पक्षमा लागिरहने बताउनुभयो ।

    images
    images
    images

    पार्टीद्धारा जारी बिज्ञप्तिमा राज्यका तिनै अंग जनताको नजरमा आलोचित हुँदै जनताको बिश्वास गुमाइ रहेका बेला ति अंगलाई जिम्मेवार बनाउनु पर्ने, बैसाख मसान्त भित्रै स्थानियतहको निर्वाचन भैसक्नुपर्ने संबैधानिक र कानुनी मान्यतालाई कुल्चदै सरकार देशलाई जनप्रतिनिधि बिहिन उद्धत भएकोमा गम्भीर ध्यानाकर्षण भएको साथै संबैधानिक र कानुनी व्यवस्था बमोजिम लोकतन्त्रको आधार स्तम्भकोरुपमा रहेको स्थानीयतहको निर्वाचन निर्वाचन आयोगको सिफारिस बमोजिम निर्धारित समयभित्र सम्पन्नगर्न तत्काल स्थानियतहको मिति घोषणागर्न सरकारसंग जोडदार माग गरिएको छ ।

    images
    images
    images

    कोरोनाको तेस्रो लहरका कारण उत्पन्न भय, त्रास र निरासा बढ्दैजान थालेकाले जनताको जीवन रक्षाका लागि कोविड बिरुद्धको बुष्टर खोप पर्याप्त व्यवस्था गर्दै परिक्षण्को दायरा बढाउन र कोरोना नियन्त्रणका उपायहरु अवलम्वन गर्न संबन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
    बिज्ञप्तीमा पेट्रोलियम पदार्थका साथै आधारभूत उपभोग्य बस्तुको मुल्यबृद्धिले कृत्रिम अभाव देखिन थालेकोले जनतामा चरम निराशा उत्पन्न भएकोले सरकारलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराइइको छ ।

    त्यस्तै बिज्ञप्ति मार्फत पाल्पा जिल्लाका डाँडापाखामा रहेका चुनढुङ्गा र प्राकृतिक सम्पदाहरुको प्रयोग र उपभोगमा अनियमितता र अपारदर्शी ढंगबाट दोहन भइरहेको संचार माध्यमबाट आएको खबरले हाम्रो पार्टीको ध्यानाकर्षण भएको र संवन्धित निकायले आवस्यक छानविन र नियमन गरि दोषी उपर कार्यवाहीको माग गरिएको छ ।

    यस्तै बुटवल तानसेन सडकखण्ड अन्र्तगत सिद्धबाबा खण्डमा निर्माण हुने सुरुङमार्ग र सिद्धार्थ राजमार्ग स्तरबृद्धिमा हुन गइरहेको बिलम्ब प्रति दुःख व्यक्त गर्दै उक्त आयोजनाहरु तत्काल अगाडि बढाउन र योजना निर्माणमा भएको ढिलासुस्ती, लार्पवाहीका कारण समयमै आयोजना सम्पन्न हुन नसक्ने र टिकाउ नहुने देखिएकोले नियमनकारी निकाय साथै नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
    सो अवसरमा नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जनताले आफ्नो जनप्रतिनिधि चुन्ने र चुनिन पाउने अधिकारलाई बर्तमान सरकारले बञ्चित गर्न खोजेको बताउनुभयो । एमाले पाल्पाका प्रचार बिभाग प्रमुख गुँरास आत्रेयको स्वागत, जिल्ला सचिव रामजी पोखरेलको संचालन र जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # palpa
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।