काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिवार छापावाल सुनको मुल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि बुधवार सुन तोलाको २ लाख ५२ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ३८०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार चाँदी तोलाको ३७५० मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology