Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय तेक्वान्दो

वैभवीले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

वैभवीले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

images
  • वैभवीले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने
    images
    images

    काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

    images
    images
    images

    पुस ५ गते शुरु हुने सो प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, मलेसियाका खेलाडीको सहभागिता रहने छ । भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोर्ट्स कम्प्लेक्समा हुने सो प्रतियोगिता अल इण्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमी भारतको साथमा त्यहाँको प्रतिष्ठित दुर्गाज तेक्वान्दो एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने गर्दछ । 

    images
    images
    images

    १० वर्षीय वैभवीले अघिल्लो वर्ष स्वर्ण पदकसहित दुई पदक जितेकी थिइन् । वैभवीले यसपटक क्योरुगी, पुम्से र स्पीड किक तीन विधामा प्रतिष्पर्धा गर्ने छिन् । त्यसका लागि वैभवी पुस २ गते बुधबार कालिम्पोङ प्रस्थान गर्ने छिन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।