Logo

२०८३, श्रावण २७गते


images
images

सहिद दिवस

माघ १६ : महान् शहिदहरूको सम्झना र सम्मानको दिन

माघ १६ : महान् शहिदहरूको सम्झना र सम्मानको दिन

images
  • माघ १६ : महान्  शहिदहरूको सम्झना र सम्मानको दिन
    images
    images

    हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
    बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

    images
    images
    images

    हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नकालागि पनि हरेक ऎतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान रहेको छ । आज तिनै सपुतहरुको सम्झना र सम्मानको हो यस माघ १६ को शहीद दिवस् । परिवर्तित परिपेक्ष्यमा नेपाललाई शहीद दिवसका रुपमा मात्र नभई शहिद सप्ताहका रुपमा एकहप्ता अगाडिदेखिनै विभिन्न कार्यक्रम गरेर मनाईने गरिन्छ । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको  माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिक्ताकालागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरु अनि घटनाक्रमहरुले दिने गरेको छ ।

    images
    images
    images

    नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषमा उल्लेख भए अनुसार शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो । थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमालार्इ सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानी हत्या गरिएको थियो ।

    images
    images
    images

    परिवर्तन ल्याउनकालागि अनि भावी पुस्ता र देशको आयाम बदल्नकालागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुमा हाम्रो पात्रोको नमन । यी शहिदहरुको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौं भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नैपर्ने बेला आएको छ । शहिदका परिवार अनि घरहरु लगायत शहिद परिवारका सदस्यहरुको अवस्था दूरदराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ, शहिदको आशिषको छत्रछाँया यो राज्यलाई जहिल्यै प्राप्त होस् र शहिदका आँशुहरु राज्यले पुछ्न् सकोस् ।

    अब केही कुरा नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर शहिदहरुको, राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बहालिकालागि शहिदहरुले वलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलिय व्यवस्था लगायत ३२ सालको जनमत संग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलिय प्रजातन्त्रको पूर्नस्थापनासम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरु शहिद भएका छन् । त्यसपछिको कालखण्डमा भएका स-शस्त्र द्वन्द्व अनि हिंसाको फेरिहिस्त लामै छ, अझै धेरै नेपालीहरू वेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी सबैजनाको वीरगतीको विवरण लामो छ ।

    अनि ०६२ र ०६३ सालको जनआन्दोलन र त्यसपछी पूर्नवाहली गरिएको प्रजातन्त्र अनि गणतन्त्रमा प्रवेश गरेको नेपाल, सबै शहिदहरुलाई नमन छ ।

    विशेषतः विधार्थी अनि मजदुरहरुको सक्रिय सहभागीतामा नेपाली ईतिहासले आन्दोलन अनि परिवर्तन ल्याउन सफल भएको छ, पुस्तक र कलम अनि औजार दुबै हातमा बोकेर आन्दोलनमा होमिएका अनि सत्यको पक्ष लागेर शहिद भएका सम्पूर्ण शहिदहरुलाई आज नेपालले सम्झना गर्न चाहन्छ ।

    यी शहिदहरुलाई मसिनो हैन बाक्लो अनि जोडदार स्वरमा सम्झनागर्न जरुरी छ, शहिद गेटमा रहेको शहिदहरुको प्रतिमा देखि गंगालाल हृदयरोग प्रतिष्टान लगायत शहिदका नाममा गठन गरिएका विभिन्न परोपकारी सँस्थाहरुले, हुलाक टिकटहरु अनि सरकारी कार्यलयमा झुन्ड्याईएका तस्वीरहरु, शहिदहरुको नाममा बनाईएका बाटाघाटाहरु लगायतले शहिदको महत्व हामीलाई बुझाईरहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।