काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलवार सुन तोलाको २ लाख ५९ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर ४०५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलवार चाँदी तोलाको ३८८५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology