Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता शर्मा

लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता शर्मा

images
  • लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता शर्मा
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले लुम्बिनी प्रदेश सरकार अहिले परिवर्तन हुने अवस्था नभएको बताएका हुन्  ।

    images
    images
    images


    फागुनमा सत्ता परिवर्तन हुने हल्ला चलेको प्रशंग उल्लेख गर्दै मन्त्री शर्माले गठबन्धन प्रदेश तहले नबनाएको र प्रदेश तहका नेताहरूले चाहेर नटुट्ने बताए । उनले भने, "हामीले बनाएको गठबन्धन होईन, यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । माथिबाट जे निर्णय हुन्छ, यँहा पनि त्यही हुने हो ।" 

    images
    images
    images


    मन्त्री शर्माले केन्द्रिय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ति सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेकोमा जोड दिए । प्रतिगमनका बिरुद्व राष्ट्रिय आवश्यकताको आधारमा गठबन्धन बनेको दोहोर्याउँदै उनले भने, "ब्यक्तिको चाहाना र इच्छा हुँदैमा नत सरकार परिवर्तन हुन्छ नत गठबन्धन टुट्छ ।"

    images
    images
    images


    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कयौं काममा अवरोध भएको उल्लेख गर्दै मन्त्री शर्माले सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको उल्लेख गरे । उनका अनुसार १५ दिनका लागि भएपनि संसद चलाएर आवश्यक कामहरु अगाडी बढाउने पक्षमा सरकार रहेको छ ।अहिले संसद सञ्चालनको लागि बिजेनेशको तयारी भईरहेको बताउँदै उनले मन्त्रालयहरुले बिजनेश निर्माणको काम गरिरहेको जानकारी दिए ।


    फरक प्रशंगमा एमसीसीले गठबन्धनको सरकारलाई प्रभाव नपार्ने समेत दाबी गर्दै उनले जनता एमसीसीको विपक्षमा भएकाले राष्ट्रको हितमा हुने गरी परिमार्जन गर्नुपर्नेमा जोड दिए । 


    'पूर्ववर्ती सरकारले अघि सारेका योजनामा बजेट कटौती गरिएको छैन'

    कोभिड महामारीको अवस्थामा पनि प्रदेश सरकारले विकासका योजनाहरु अगाडी बढाएको बताउंदै ति योजनाहरु समयमै सम्पन्न गर्ने बताव । पूर्ववर्ती सरकारले अगाडी सारेका आयोजनाहरु अगाडी बढेको बताउंदै  उनले वर्तमान सरकारले आयोजनाहरुका बजेट कटौती गर्यो भन्ने हल्ला गलत भएको जिकिर गरे ।


    लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि केन्द्रिय सरकारले १ अर्व बजेट दिएको बताउंदै स्थायी राजधानी बनाउने कामले गति लिएको उनको भनाई छ । अहिल्यै राजधानी दाङ नजाने बताउंदै संसद भवन बनिरहेको र अन्य संरचना निर्माणका कामहरु पनि भैरहेको मन्त्री शर्माले जनाकारी दिए । 

    कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।