Logo

२०८३, आश्विन ९गते


images
images

युवा आन्दोलन

ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप : निकोलस भुसाललगायत पक्राउ

ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप : निकोलस भुसाललगायत पक्राउ

images
  • ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप : निकोलस भुसाललगायत पक्राउ
    images
    images

    काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    images
    images
    images

    काठमाडौँको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनमा सहभागी डा. निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ ।   

    images
    images
    images

    यसअघि प्रहरीले आन्दोलनका लागि उपस्थिति हुन थालेपछि अनुमति नलिएर आन्दोलन गर्न नपाइने भन्दै माइकिङ गरेको थियो । ढुंगाना समुहले आजको माइतीघरमा प्रदर्शन गर्न प्रशासनिक अनुमति नलिएकोले अनुमति नलिएर कार्यक्रम गर्न नपाइने प्रहरीले माइकिङ गरेर जानकारी दिएको थियो । 

    images
    images
    images

    ढुंगाना समुहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको छ । अहिले माइतीघरमा उपस्थित भएका युवाहरुले नाराबाजी गरिरहेका छन् भने प्रहरीले उनीहरुलाई हटाउने प्रयास शुरु गरेको छ । युवाहरुले सुशिला कार्कीको राजीनामा मागिरहेका छन् भने जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्नेहरुलाई कारवाहीको माग गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निकोलस भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।