काठमाडौं । नेपाली बजारमा आजपनि सुनचाँदी मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाल सुनको मुल्य तोलाको ५५ सयले बढेर तोलाको २ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमवार सुन तोलाको २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४२५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको पनि अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमवार चाँदी तोलाको ४१३५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology