अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची बैशाख १६ देखि २२ सम्म बन्द हुने भएको छ । प्रशासनका केही कर्मचारीहरुलाई कोभिड पोजेटिभ देखिएकोले कार्यालय बन्द हुने भएको हो ।
एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले उक्त कुराको जानकारी गराएका हुन् ।
कार्यालयमा कार्यरत केही कर्मचारीहरुलाई नयाँ भेरियन्ट सहितको कोभिड-१९ पोजेटिभ देखिएको र संक्रमण फैलिन सक्ने संभावित उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक (शान्ति, सुरक्षा, विपद, राहत, उद्दार, मझा र ठाडो उजुरी, मानबिय जीबनसँग जोडिएका अति जरुरी अन्य सेवा) बाहेकका सम्पूर्ण सेवाहरू मिति बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology