Logo

२०८३, आश्विन १०गते


images
images

फुटबल

देवदह –५ टोल स्तरीय फुटबल : शान्ति, सगरमाथा र एकता दोस्रो चरणमा

देवदह –५ टोल स्तरीय फुटबल : शान्ति, सगरमाथा र एकता दोस्रो चरणमा

images
  • देवदह –५ टोल स्तरीय फुटबल : शान्ति, सगरमाथा र एकता दोस्रो चरणमा
    images
    images

    देवदह । रुपन्देहीको देवदह–५ मा जारी प्रथम टोलस्तरीय सेभेन साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिता अन्तर्गत आईतवार ३  खेल भएका छन् ।

    images
    images
    images

    प्रतियागिता अन्तर्गत  पहिलो खेलमा कोलुवा शान्ति टोल विकास संस्था विजयी भएको छ । खेलमा सिद्धार्थ कोलोनी टोल विकास संस्थालाई १ का विरुद्ध ३ गोल गर्दै कोलुवा दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा कोलुवाको तर्फबाट कुलवीर घर्ती, कमन चौधरी र विवेक सिंजालीले १÷१ गोल गरेका थिए । खेलमा सिद्धार्थले एक गोल पेनाल्टी मार्फत गरेको थियो । 

    images
    images
    images

    यसैगरी दोश्रो खेलमा सगरमाथा टोल विकास संस्था विजयी भएको छ । खेलमा मितेरी दुर्गानगर टोल विकास संस्थालाई हराउँदै सगरमाथा दोश्रो चरणमा प्रवेश गरेको हो । खेलमा सगरमाथाकासन्तोष सेनले १ गोल र मितेरी दुर्गानगर टोल विकास संस्थाका कृष्ण गुरुङ्गले १ गोल गरेका थिए । निर्धारित समयमा दुवै टिम बरावरी भएपछि खेल ट्राईवेकरमा गएको थियो । ट्राईवेकरमा २, का विरुद्ध ३ गोल गर्दै सगरमाथा दोश्रो चरणमा प्रवेश गरेको हो ।

    images
    images
    images

    त्यसैगरी प्रतियोगिता अन्र्र्तगत भएको तेश्रो खेलमा एकता टोल विकास संस्था विजयी भएको छ । खेलमा एकताका सामिल लम्वु र मितेरी टोल विकास संस्थाका सागर गुरुङ्गले एक÷एक गोल गरेपछि खेल ट्राईवेकरमा पुग्यो । ट्राईकेवरमा २ का विरुद्ध ३ गोल गर्दे एकता टोल विकास संस्था दोश्रो चरणमा प्रवेश गर्यो । 

    प्रतियागिताका विजेताले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।